नवलपरासीमा १० लाख बढीको अवैध सामग्री प्रहरीद्वारा वरामद

सफल खबर संवाददाता

बुधबार, २४ मंसिर २०७७, ११ : १७
नवलपरासीमा १० लाख बढीको अवैध सामग्री प्रहरीद्वारा वरामद

नवलपरासी । प्रहरीले नवलपरासीमा १० लाखभन्दा बढी  मूल्य बराबरको अवैध सामग्री वरामद गरेको छ  ।

प्रहरी चौकी रामनगरबाट खटिएको प्रहरीले बुधबार भारतबाट अवैध रुपमा नेपालतर्फ आउँदै गरेको लु १ च ६४१३ नम्वरको  पिकअप जिपमा सय वटा दुई क्वीन्टल बोईलर कुखरा  प्रसुस्ता गाउँपालिका –५, टुटहवा पुलबाट नियन्त्रणमा लिएको थियो ।

त्यस्तै, भारतबाट भन्सार छली गरि ३ लाख १३ हजार २ सय मुल्य बराबरको दुई बोरामा राखिएको ५ सय २२ थान छालाको पेटी –(बेल्ट) बरामद गरिएको हो ।

तस्करीमा संलग्न जिपसहित अन्दाजी १० लाख ५१ हजार मूल्य बराबरको अवैध मालसमान पक्राउ गरि आवश्यक कारवाहीकालागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको त्यहाँका प्रहरी प्रबक्ता डिएसपी राजु लामाले जानकारी दिए ।

उक्त कुखराको मूल्य अन्दाजी ३८ हजार र गाडीको मूल्य अन्दाजी ७ लाखसहित नियन्त्रणमा लिई चालक सहित महेशपुर पशु क्वारेन्टा कार्यालयमा बुझाईएको डिएसपी लामाले बताए । 

प्रतिक्रिया दिनुहोस