काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज सर्वदलीय बैठक आव्हान गरेका छन् । समसामायिक विषयमा छलफल गर्न भन्दै उनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजे संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक बोलाएका हुन् ।
आफ्नै पार्टीभित्र अप्ठयारोमा परिरहेको, पार्टी बैठकमा अल्पमतमा परेका र बहुमतले कारवाही गर्ला की भन्ने भयमा रहेको, देशभित्र ब्यवस्थाविरोधी शक्तिकेन्द्रहरुको चलखेल बढ्न थालेको र प्रमुख प्रतिपक्ष काँग्रेसले पनि मंसिर २९ मा देशब्यापी आन्दोलनको कार्यक्रम सरकार विरुद्द घोषणा गरेको सन्र्दभमा प्रधानमन्त्रीले आज सर्वदलीय बैठक बोलाएका हुन् ।
बैठकमा प्रमुख प्रतिपक्ष काँग्रेसले सरकारको असफलताका विषयमा लिष्ट नै तयार पारेर कडा रुपमा प्रस्तुत हुने तयारी गरेको छ । जनमत ५ वर्ष सरकार चलाउन कम्युनिष्टहरुलाई दिएपनि आन्तरिक घर झगडामै प्रधानमन्त्री ओलीले सरकार समेत लथालिंग तरिकाले चलाउन थालेपछि त्यसको विकल्प काँग्रेस हो त ? भन्नेमा पनि जनताले विश्वास गर्न नसकिरहेका बेला प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा सरकारका असफलताका विषयमा कडा रुपमा आफ्नो प्रस्तुती राखेर शसक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने गरी तयारी काँग्रेसले गरेको छ ।
त्यसका लागि पूर्व तयारीका रुपमा काँग्रेसले हिजो पार्टीका शीर्ष नेताहरुका बीचमाल अब कसरी सर्वदलीय बैठकमा प्रस्तुत हुने भन्ने विषयमा समेत छलफल गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले सफलखबरलाई बताए । काँग्रेसले आजको छलफलमा कोभिड १९ रोकथाम र नियन्त्रणमा सरकारी प्रयास पूर्णतयाः असफल भएको, भ्रष्टाचार बढेको, जनतामा निरासा छाएको, बेरोजगारीको समस्या बढेको र सरकारका गतिविधि सत्तालिप्सा र कुर्सी बचाउमा मात्र केन्द्रीत भएका विषयमा कडा रुपमा आवाज उठाउने तयारी गरेको खाँडले बताए ।
सडकमा अहिले गणतन्त्र, संघीयता, धर्मरपेक्षता, समावेशी समानुपातिकका विरुद्दमा आवाज समेत उठन थालेकोमा काँग्रेसले चिन्ता ब्यक्त गर्दै त्यस प्रकारका गतिविधि नियन्त्रणमा सरकारले कडा कदम चाल्नुपर्नेमा सरकार ब्यवस्था विरोधी गतिविधिलाई बढावा दिन लागिपरेको निश्र्कष सहितका आवाज पनि काँग्रेसले उठाउने भएको छ । सर्वदलीय बैठकमा नेकपा, काँग्रेस, जनता समाजवादी पार्टी लगायतका राजनीतिक दलका नेताहरुलाई बोलाईएको छ ।
सत्तारुढ दल नेकपाको २१ मंसिरमा बसेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले ब्यवस्था विरोधी गतिविधि बढ्न थालेकोमा चिन्ता ब्यक्त गर्दै यसका विरुद्ध राजनीतिक दलहरुको एकतावद्ध प्रयास हुनुपर्ने भन्दै सर्वदलीय बैठक सरकारले आव्हान गरेर साझा धारणा बनाउनु पर्ने बताएका थिए । नेकपा स्थायी समिति बैठकमा अनुपस्थित रहेपनि प्रधानमन्त्री ओलीले प्रचण्डले त्यस्तो बताएको भोलिपल्टै हिजो आजका लागि सर्वदलीय बैठक बोलाउने निर्णय लिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ मंसिर २०७७, ०८ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्थानीय सरकारलाई अधिकार दिन्छौँ : प्रधानमन्त्री ओली
भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त
भारत भ्रमणबारे धेरै चर्चा गर्न आवश्यक छैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट
पुटिनलाई भेट्न एक्कासि रुस पुगे स्लोभाक प्रधानमन्त्री
प्रधानमन्त्रीले मागे त्रिवि समस्या समाधानको प्रस्ताव