बुटवलमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, २१ मंसिर २०७७, १५ : ११
बुटवलमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

रुपन्देही । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक महिला कोरोना संक्रिमतको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा रुपन्देहीको सैनामैना नगरपालिका १ की ५५ वर्षीया महिलाको उपचारको क्रममा आज मृत्यु भएको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले जानकारी दिए । 

ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि कोरोना परीक्षण गर्दा मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने मंसिर ११ गते अस्पतालमा भर्ना गरिएको थियो । 

आज बिहान उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।