काठमाडौं । ल्याटिन अमेरिकी देश अर्जेन्टिनाले कोरोनाभाइरस महामारीको प्रभावलाई मध्यनजर गर्दै एक नयाँ सम्पत्ति कानून पास गरेको छ जसअनुसार देशका पुँजीपतीहरुमाथि एक विशेष कर लगाइनेछ ।
सरकारका अनुसार यसबाट संकलित राशीको प्रयोग औषधी र आवश्यक वस्तु खरिद गर्न र राहत कार्यमा गरिनेछ ।
‘करोडपती माथि ट्याक्स’ नाम दिइएको यो विशेष सम्पत्ति करको प्रस्तावलाई शुक्रबार सांसदहरुले ४२ मतले पारित गरे । यसको विरोधमा २६ मत खसेको थियो ।
यो नयाँ कानून अनुसार यो कर एकपटक मात्रै लगाइनेछ । यो ती व्यक्तिमाथि लागू हुनेछ जोसँग २५ लाख डलरभन्दा बढी सम्पत्ति छ । देशमा करिब १२ हजार यस्ता करोडपति छन् जसले यो कर सरकारलाई बुझाउनु पर्नेछ ।
अर्जेन्टिनामा हालसम्म १५ लाख कोरोना संक्रमित भेटिइसकेका छन् जबकी ४० हजार बढीको मृत्यु भइसकेको छ ।
अक्टोबर महिनामा यहाँ कोरोना संक्रमितको संख्या १० लाख भएको थियो । ४.५ करोड जनसंख्या भएको यो देश कोरोनाले नराम्रोसँग थलिएको देशको सूचीमा संसारको पाँचौं र सबैभन्दा सानो देश बनेको थियो ।
पहिलेदेखि नै बेरोजगारी, गरिबी र सरकारी ऋणको समस्यासँग जुधिरहेको यो देशको अर्थव्यवस्थाका लागि कोरोनाका कारण लगाइएको लकडाउने थप समस्या उत्पन्न गर्यो । सन् २०१८ देखि नै अर्जेन्टिना आर्थिक मन्दीको मार झेलिरहेको छ ।
कानूनको समर्थन गरिरहेका एक मन्त्रीका अनुसार यो नयाँ कर कानूनको असर देशका ०.८ प्रतिशत करदातामा पर्नेछ । जो मानिसहरु यो दायरामा आएका छन् उनीहरुले देशभित्रको सम्पत्तिमा ३.५ प्रतिशत र देश बाहिरको सम्पत्तिमा ५.२५ प्रतिशत कर तिर्नुपर्नेछ ।
समाचार एजेन्सी एएफपीका अनुसार यसरी संकलन गरिएको धन राशिको २० प्रतिशत हिस्सा स्वास्थ्य सामग्री खरिद गर्नमा लगाइनेछ ।
बाँकी राशीमध्ये २० प्रतिशत साना तथा मझौला व्यवसायमा राहत दिनका लागि, २० प्रतिशत छात्रालाई छात्रवृत्ति दिनका लागि, १५ प्रतिशत सामाजिक विकासका लागि र अन्य २५ प्रतिशतको प्रयोग प्राकृतिक ग्याससँग जोडिएको उद्योगमा गरिनेछ ।
मध्यमार्गी–बामपंथी राष्ट्रपति अल्बेर्टो फर्नान्डेजको सरकारले यो नयाँ करको मद्दतले उनीहरु ३०० अर्ब पेसोसम्म संकलन गर्ने अनुमान गरेका छन् ।
यद्यपि, विपक्षी गुटका अनुसार एकातिर यसले विदेशी लगानीकर्ता निराश हुनेछन् । – बीबीसी
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २१ मंसिर २०७७, ११ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बक्यौता नतिरेसम्म विदेशी मुद्रा सटही सिफारिस गर्दैनौं : दूरसञ्चार प्राधिकरण
नगदै दिइने सामाजिक सुरक्षामा पनि कर
पूर्वाधार करबाट उठ्यो १ खर्ब २५ अर्ब
साढे ४ अर्बभन्दा बढी कर फिर्ता, कुन वर्ष कति ?
तीन वर्षमा २२ लाख भन्दा बढी करदाता थपिए
कर नबुझाउने वीरगञ्जका १९ करदाताको बैंक खाता र सम्पति रोक्का