सिद्धार्थनगर । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले निर्माणाधीन गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सक्न आयोजना प्रमुख र निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदार नर्थ वेस्ट कम्पनीलाई निर्देशन दिएका छन् ।
शनिबार विमानस्थलको स्थलगत निरीक्षणपश्चात मन्त्री भट्टराईले भने, “तपाईँहरुलाई २५ दिनको ‘होमवर्क’ दिन्छु । आयोजना प्रमुख र निर्माण व्यवसायी दुवैले २५ दिनपछि मलाई जवाफ दिनुपर्छ, काम सकाउनुपर्छ ।” उनले निकट भविष्यमा गौतमबुद्ध विमानस्थल सम्पन्न भएर राष्ट्रिय आयोजनामा एक नम्बर हुने पनि विश्वास व्यक्त गर्नुभयो । उनले भने, “विगतमा ‘ब्याक’ भएको आयोजना सम्पन्न हुदैछ ।”
उनले कोरोनाका कारण काममा प्रभाव परेको बताउँदै उपकरण जडानका लागि आवश्यक केही विदेशी दक्ष जनशक्ति नेपाल ल्याउन सबै प्रयास गरिरहेको पनि बताए । मन्त्री भट्टराईले भने, “सकेसम्म उहाँहरु आउनुहुन्छ । यदि कोरोनाकै कारण आउनुभएन भने नेपाली जनशक्तिले नै काम गर्नुहुन्छ ।”
आयोजना प्रमुख प्रवेश अधिकारीले आयोजनाको काम ९२ प्रतिशत सकिसकेको भन्दै बाँकी काम विदेशमा रहेका जनशक्ति नआउँदा रोकिएको बताए । उनले लकडाउनको समयमा पनि सिभिल काम निरन्तर भइरहेको बताए । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव यादव कोइरालाले समयमै काम सक्नुपर्ने बताए । उनले भने, “तोकिएकै समयमा काम सम्पन्न गर्नुपर्छ ।”
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २१ मंसिर २०७७, ०९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गौतमबुद्ध विमानस्थलमा आज तीन अन्तर्राष्ट्रिय उडान, ४५२ यात्रुले लिए सेवा
गौतमबुद्ध विमानस्थलमा न्यारोबडी एयरलाइन्सको बेस बनाउन माग
गौतमबुद्ध विमानस्थलमा आज तीन अन्तर्राष्ट्रिय उडान
गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै
भैरहवा विमानस्थलः उडान आन्तरिक, शुल्क अन्तराष्ट्रिय