काठमाडौं । ठमेल क्षेत्रका पर्यटन व्यवसायीले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् । कोरोना भाइरसका कारण आठ महिनादेखि बन्द रहेको रात्रिकालीन व्यवसाय सामाजिक मापदण्ड पालना गरी सञ्चालन गर्न पाउनुपर्ने माग गरेका हुन् ।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले लामो समयदेखि बन्द रहेको ठमेलको रात्रिकालीन व्यवसाय अब पनि नखोल्ने हो भने रोगलेभन्दा भोकले मर्नुपर्ने अवस्था आउने बताउनुभयो । ठमेलको रात्रिकालीन व्यवसाय पूर्णरुपमा खोल्नुपर्ने उहाँको भनाइ छ ।
अध्यक्ष राणाले ठमेललाई खुलाउनका लागि सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाउँदासमेत सुनुवाइ नभएकाले ठमेलका व्यवसायी विरोधमा उत्रिनुपरेको बताउनुभयो । ठमेल खोल्नका लागि सरकाले चाँडो निर्णय गर्नुपर्ने राणाले उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १७ मंसिर २०७७, २१ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठमेलको होटलबाट २० करोड रुपैयाँभन्दा बढीको कोकिन बरामद
दरबारमार्ग र ठमेल २४ सैं घन्टा खुल्ला
ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा खुला गर्न विशेष सुरक्षा योजना तयार
ठमेल वैशाख १ गतेदेखि २४ सैँ घण्टा खुल्ने
ठमेलमा पर्यटकको चहलपहल: ६० प्रतिशत बढी होटलका कोठा बुकिङ
ठमेलमा चिनियाँ नागरिक मृत भेटिए