रसुवामा २० प्रतिशत मतदान

आइतबार, १० मंसिर २०७४, ११ : ५७
रसुवामा  २० प्रतिशत मतदान


रसुवा, १० मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य निर्वाचनअन्तर्गत अहिले बिहान ११ः३० सम्म २० प्रतिशत मतदान भएको छ ।
 

मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार अहिलेसम्म जिल्लाका ४५ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

सुरक्षास्थति अत्यन्तै मनबुत भएका कारण भयरहित वातावरणमा मतदाताले आफ्नो मताधिकार प्रयोग गरिरहेको प्रजिअ चोपेन्द्र न्यौपानेले बताउनुभयो ।(रासस)

 

प्रतिक्रिया दिनुहोस