राजविराज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सङघीयता र गणतन्त्रको सस्थागत विकासमा सरकारले ध्यान नदिएको आरोप लगाएका छन् ।
सप्तरीको राजविराजमा आज आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सङ्घीयताको प्रभावकारी कार्यान्वयनबाट मात्र जनताको अधिकार सुनिश्चित हुन्छ भने। अध्यक्ष यादवले गरीबी र बेरोजगारी समस्यालाई सम्बोधन आवश्यकता रहेकोमा जोड दिए ।
पार्टीका अर्का राजकिशोर यादवले बैकल्पिक राजनीतिक शक्तिको रुपमा पार्टी रहेको दाबी गरे । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रेणुकुमारी यादव, राष्ट्रिय सभा सदस्य मृगेन्द्रकुमारसिंह यादव, अर्का सदस्य शेखरकुमार सिंह, प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साह, प्रदेश सभा सदस्य मनिषकुमार सुमन लगायतले सम्बोधन गरेका थिए ।
पार्टीका जिल्ला अध्यक्ष केदार यादवको अध्यक्षता सम्पन्न कार्यक्रममा पार्टीका युवा नेता शम्भुकुमार यादवले कोरोना नियन्त्रण गर्न सरकारले ध्यान दिनुपर्छ भने ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २८ कार्तिक २०७७, २० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस र कम्युनिष्ट मिलेर बनेको सरकार असफल : उपेन्द्र यादव
होली पर्वले पहाड र मधेसलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्छ : अध्यक्ष यादव
नेपाल–भारत सम्बन्धको स्थान अरू कसैले लिन सक्दैन : उपेन्द्र यादव
उपेन्द्र यादवको चेतावनी : भूमि अध्यादेश फिर्ता नभए जनआन्दोलनको बाटो पक्रन्छौँ
सत्ताको लागि उपेन्द्र यादवले मुद्दा छाड्नुहुन्छ जस्तो लाग्दैन : प्रचण्ड
हाम्रो सोच सकारात्मक छ, सरकारले कार्यसूचीमा ल्याएपछि निर्णय गर्छौं : उपेन्द्र यादव