म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा नदीमा डुबेर एक किशोरको ज्यान गएको छ । म्याग्दी नदीमा डुबेर बेपत्ता भएका टिकावाङका १६ वर्षीय शङ्कर विकको शव आज बिहान फेला परेको हो ।
सशस्त्र प्रहरी बल आश्रित गुल्म म्याग्दीका प्रहरी नायब उपरीक्षक हरिबहादुर गुरुङले पोखरास्थित कालिका गणबाट आएको गोटाखोर टोलीले तलाउबाट विकको शव निकालेको बताए ।
उनका अनुसार १२–१५ फिट गहिरो तलाउबाट शव निकालिएको थियो । छिसबाङस्थित म्याग्दी नदीमा सोमबार पौडी खेल्ने क्रममा विक बेपत्ता भएका थिए । जनपथ प्रहरी र स्थानीयवासीले खोजी गर्दा नभेटिएपछि गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमार्फत गोटाखोर टोली मगाइएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २६ कार्तिक २०७७, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाउन भरतपुर महानगर र गाउँपालिकाको सहकार्य
नदी कटान नियन्त्रण गर्न बजेट अभाव
कालीगण्डकीको बाढीबाट जोगाउन नदी नियन्त्रण योजना
नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रहरीको निगरानी
पाल्पामा नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
बागमती नदीबाट एक व्यक्तिको उद्धार