पर्साको तिलावे नदीमा पौडी खेल्न गएका एक किशोर बेपत्ता, खोजीकार्य जारी

सफल खबर संवाददाता

शनिबार, ०८ भदौ २०८१, १५ : २५
पर्साको तिलावे नदीमा पौडी खेल्न गएका एक किशोर बेपत्ता, खोजीकार्य जारी

वीरगन्ज । पर्साको तिलावे नदीमा पौडी खेल्न गएका एक किशोर बेपत्ता भएका छन् । नदीमा पौडी खेल्न गएको तीन जनाको समूहमध्ये एकजना बिहानदेखि बेपत्ता भएका हुन ।नदीमा पौडी खेल्न गएका किशोर चार घण्टादेखि बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ ।

बहुदरमाइ नगरपालिकाको वडा नम्बर–२ बैरिया निवासी असलम देवानका छोरा १४ वर्षीय समीर देवान पौडी खेल्दाखेल्दै बेपत्ता भएको सशस्त्र प्रहरी निरीक्षक कपिल गिरीले बताए ।

उनले भने, ‘बहुदरमाइ मन्दिर नजिकैको तिलावे नदीमा ३ जना किशोरहरू पौडी खेल्न पुगेका थिए, लगातार परेको पानीले नदीमा पानीको सतह बढेको छ । नदीमा बाढी आएकोले पौडी खेल्न गएकाहरूमध्ये २ जना भने सकुशल निस्कन सफल भए, तर एकजना भने निस्किन सकेनन् ।

लगातार परेको पानीले नदीमा बाढी आएको बेला पौडी खेल्न जाँदा देवान बेपत्ता भएको सशस्त्र प्रहरी बल पर्साले जानकारी दिएको छ । सशस्त्र प्रहरीका अनुसार उनी बिहान साढे ११ बजेदेखि बेपत्ता भएका छन् । 

घटनास्थलमा लामो समय लगाएर सशस्त्र प्रहरीको उद्धार टोलीले खोजिन गर्दा पनि बेपता देवान फेला पर्न नसकेको अलौं सशस्त्र प्रहरी बेस क्याम्पका इन्स्पेक्टर गिरी बताउँछन् । बेपत्ता भएका किशोर फेला पर्न नसकेपछि अहिले करिब तीन किलोमिटर तल पुगेर सशस्त्र प्रहरीको उद्धार टोलीले खोजी कार्य गरिरहेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस