काठमाडौँ । आन्तरिक विवादको भुङ्ग्रोमा पिल्सिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयको अनौपचारिक बैठक बोलाएका छन् ।
पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए । स्रोतका अनुसार बैठक बोलाउन विषयमा प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका थिए ।
दिउँसो बोलाइएको सचिवालय बैठकमा बैठक बोलाउने विषयमा सहमति नभएको भन्दै प्रधानमन्त्री ओली सहभागी नहुने बालुवाटार स्रोतले बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ कार्तिक २०७७, १२ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्व बाल सेनाका तर्फबाट प्रचण्ड र बाबुरामलाई विपक्षी बनाइएको रिट पेसीमा