पुग्ने ठाँउ एउटै भएकाले दुई कम्युनिष्ट एक भयौ : पुर्व प्रधानमन्त्री प्रचण्ड

शनिबार, ०९ मंसिर २०७४, १७ : ५४
पुग्ने ठाँउ एउटै भएकाले दुई कम्युनिष्ट एक भयौ : पुर्व प्रधानमन्त्री प्रचण्ड


चितवन । नेकपा एमाले र माओवादी केन्द्रको राजनैतिक यात्राको केन्द्रबिन्दु एकै ठाँउ भएकाले दुई पाटी एकिरण हुन लागेको पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएको छ । भरतपुर १९ रामपुरमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँ सो कुरा बताउनुभएको हो । अध्यक्ष प्रचण्डले दुबै पाटी रणनैतिक योजना नै समाजबादी रहेको उल्लेख गर्नुभयो । दुई कम्युनिष्ट पाटीको योजना भनेको शान्तिपुर्ण प्रतिस्पर्धा मार्फत समाजबादको निमार्ण गर्ने र समाजबादको क्रान्ति पुरा गर्ने भएकाले पाटी एकिकरण गर्न खोजेको उल्लेख गर्नुभयो । यहि समनताले नै हामीलाई एक ठाँउमा उभिन सहयोग पुग्यो–उहाले भन्नुभयो ।

हाम्रो गेण्ड स्टाडीजी र पोलिटिकल स्टाडिजी एउटै भएकाले हामी दुई भएर बस्नु हुदैन भन्ने लाग्यो र पाटी संमायोजन समिति बनाएर निर्वाचनमा आएका छौ । बामगठबन्धनले अहिलेको निर्वाचनमा साझा उम्मेदवार बनाएर दुई तिहाई वा बहुमत सहितको सरकार निमार्ण गर्ने उहाँको भनाई छ ।
त्यसपछि देशमा राजनैतिक स्थात्वि दिएर आर्थिक समृद्धिको नयाँ गतिद्धारा समृद्ध राष्ट्र निमार्णको आधार तयार पार्ने दिशामा उन्मुख हुने छ । प्रचण्डले दुबै पाटीको प्रयाक्टिस (अभ्यास) एकै छ त्यही
समानताले हामी भिदै पाटी भएर बस्न नचाहेको विचार व्यक्त गर्नुभयो । चितवनको बिकास बारे अध्यक्ष प्रचण्डले निर्वाचन लगतै सबै ग्रावेल रोडहरु कालो पत्र गरिने बताउनुभयो । निर्वाचन दैरानको क्रममा आफुले सबै भन्दा समस्याको रुपमा बाटो देखेकाले सुरुमा बाटो कामलाई अगाडी बढाईने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यसतै उहाँले बामगठबन्धको साझा घोषणा पत्र अनुसार १० बर्ष भित्रमा प्रतिव्यक्ती आय ५ हजार डलर पु¥याईने ,समाजिक न्यायको पक्षमा उत्पीडितको हक अधिकारलाई सामाजिक न्यायको आधारमा अधिकार सम्पन्न तुल्याउने, नारायणी नदी,राप्ती नदीमा तटबन्ध गरी रिङ रोड निमार्ण गर्ने कामलाई अब आउने बजेटमा पार्ने जिकिर गर्नुभयो । उहाँले आफु भोली केन्द्रमा कुनै नै कुनै भुमिकामा रहदा , धेरै बमपन्थीको मतले विजयी भएर जादा छुटै मिल्ने भएकाले धेरै भन्दा धेरै मतले विजयी गराउन अपिल गर्नुभयो । यसले देशमा छुटै सन्देश जाने उहाँको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस