राजनीति

बिपि र गरिजाबाबुलाई सम्मान गर्नुहुन्छ भने मलाई भोट दिनुहोस–प्रचण्ड

शनिबार, ०९ मंसिर २०७४, १५ : ०८
बिपि र गरिजाबाबुलाई सम्मान गर्नुहुन्छ भने मलाई भोट दिनुहोस–प्रचण्ड

चितवन ज्योतिनगर / पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लोकतन्त्र विरोधीहरु अहिले पनि सलबलाई रहेको बताउनुभयो । चितवन क्षेत्र नं ३ बामगठबन्धले भरतपुर महानगरपालिका २६ ज्योती नगर बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले चितवन क्षेत्र नं. ३ मा नेपाली कांग्रेसले आफ्नो उम्मेदवारलाई नउठाई गणतन्त्र विरोधीलाई उम्मेदवार बनाएको आरोप लगाउनुभयो । शान्ति सम्झैताको जिवित हस्ताक्षरकर्ता भएको नाताले र संविधान निमार्ण तथा कार्यन्यनको कार्यमा भुमिका खेलकाले आफुलाई भोट दिन अपिल गर्नुभयो । उहाँले भन्नुभयो– यस क्षेत्रमा प्रतिगमन ,गणतन्त्रको विरोधीको उम्मेदवारी परेको छ ,कांग्रेसको आफ्नै उम्मेदवार छैन त्यसैले विपीको समाजबाद र गिरिजा बाबुका हस्ताक्षरलाई सम्झिएर मलाई भोट दिनुपर्छ ।  नेपाली कांग्रेसको निष्ठालाई सम्मान गर्नु हुन्छ भने मलाई भोट पर्छ भन्ने मेरो दाबी छ ।  
यदी तपाईहरु सच्चा कांग्रेस , ईमान्दार कांग्रेस हो भने सोच्नुहोस, तपाईहरु राजबादीलाई भोट दिनुुहुन्छ ,गणतन्त्र विरोधीलाई भोट दिनुहुन्छ ?भनी बिबेकको प्रयोग गर्न अनुरोध गर्नुभयो । प्रचण्डले देश परिवर्तनको लागि भएको आन्दोलनलाई असहयोग गर्ने , गणतन्त्रलाई असफल बनाउन लागि पर्नेलाई भोट दिदा लोकतन्त्रको पक्षमा नहुने उल्लेख गर्नुभयो । तपाईहरुको आफ्नो उम्मेदवार नभएकाले निष्ठावान कांग्रेसले सोच्नुपर्ने छ । तपाईहरु निष्ठावन,राष्ट्रबादी हो भने मलाई भोट दिनुस् भन्ने मेरो दाबी छ । चितवन क्षेत्र नं.३ का प्रतिनिधी सभा सदस्यका बाम उम्मेदवार समेत रहनु भएका दाहालले भन्नुभयो– प्रचण्डलाई भोट दिदा लोकतन्त्र ,जनता र राष्ट्रको हितमा हुन्छ की हलोमा दिदा हुन्छ भनी प्रश्न गर्नुभयो । नेपाली जनताको समृद्धीको ग्यारेण्टी दिलाउन बाम गठबन्ध गरेको भन्दै उहाँले धेरै साना दलले देशको बिकास नहुने धारणा राख्नुभयो । देशलाई दिगो शान्ति ,विकासको लागि अब स्थिर सरकार नै चाहिने भएकाले सबै विचार मिल्ने पाटी बिच एकता हुन आवश्यक रहेको औल्याउनुभयो  ।

 

प्रतिक्रिया दिनुहोस