काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारका लागि धरौटी नलिन सरकारी अस्पताललाई निर्देशन दिएको छ । अस्पतालले धमाधम धरौटी रकम लिन थालेपछि मन्त्रालयले त्यस्तो निर्देशन दिएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले धरौटीसम्बन्धी सूचना निकाल्ने सबै अस्पताललाई स्पष्टीकरण सोधिएको जानकारी दिँदै धरौटी नलिन निर्देशन दिएको बताए ।
मन्त्रालयले २ कात्तिकमा विपन्न, अशक्त, अति अपांगता भएका, ७० वर्ष नाघेका ज्येष्ठ नागरिक र फ्रान्टलाइनमा खटिएकाहरूमा लक्षण देखिए मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १७ कार्तिक २०७७, ०६ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवीकरण नगरी चलाए कारबाही गर्ने भन्दै निजी अस्पताललाई मन्त्रालयको परिपत्र
वैद्यखानाका निर्देशकलाई स्वास्थ्य मन्त्रालयले सोध्यो स्पष्टीकरण
मंकीपक्सबाट बच्न सावधानी अपनाउ : स्वास्थ्य मन्त्रालय
कार्यालय समयमा चिकित्सक नभेटिए कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी
स्वास्थ्य बीमा सुधारका लागि डा. आचार्यको नेतृत्वमा सुझाव समिति गठन
भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण