काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोना महामारी झन् विकराल बन्ने सक्ने बताउदैं कोरोना पीडितलाई निशुल्क उपचारको दायित्वबाट भाग्नु सरकारको गैरजिम्मेवार चरित्रको पराकाष्ठा रहेको बताएका छन् ।
सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार गर्न नसक्ने गरेको निर्णयप्रति बुधबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गर्दै भट्टराईले सरकारले कोरोना संक्रमितको उपचार नगर्ने निर्णय पैसाको अभावले गरेको हो भनेर मान्न नसकिने पनि तर्क गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्,‘कोरोनापीडितलाई निस्शुल्क उपचारको दायित्वबाट भाग्नु सरकारको गैरजिम्मेवार चरित्रको पराकाष्ठा हो ।
यसले महामारी झन् विकराल बन्नेछ ।’सरकारले भ्रष्टाचार र फजुलखर्च रोके मात्रै पुग्ने डा. भट्टराईले उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘अस्पतालमा धनीले दिन चाहे दानपात्र राखौँ तर सबैको निशुल्क उपचार गरौँ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ कार्तिक २०७७, १० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीनवटा टाउका मिलेर देशलाई पालैपालो खाइरहेका छन् : डा. बाबुराम भट्टराई
मनमोहनलाई सम्झँदै भट्टराईले भने- नेपालले एक असल मित्र, भारतले एक अगुवा गुमाएको छ
कांग्रेस, एमाले, माओवादी र मधेसवादी दल सबै भ्रष्टाचारमा लिप्त छन्: अध्यक्ष भट्टराई
नेपालले बौद्धिक पलायनको गम्भीर समस्या भोगिरहेको छ : बाबुराम भट्टराई
प्रतिनिधि सभा र प्रदेश सभा पूर्ण समानुपातिक बनाउनुपर्छ : डा. भट्टराई
बुढी गण्डकीको काम अघि बढाउन डा. बाबुरामले प्रधानमन्त्रीलाई बुझाए मागपत्र