चितवन कांग्रेसका पूर्वसचिवसहित डेढ सय कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

शनिबार, ०९ मंसिर २०७४, ०९ : ३४
चितवन कांग्रेसका पूर्वसचिवसहित डेढ सय कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश


भरतपुर । कांग्रेस चितवनका पूर्वसचिव तथा नेपालको सबै भन्दा पुरानो सहकारी बखान सहकारी संस्था भरतपुर १९ का अध्यक्ष मोहनसिँह लामा सहित डेढ सय भन्दा बढि प्रचण्ड जिताउनका लागि माअ‍ोवादी केन्द्रमा प्रवेश गरेका छन ।

प्रचण्ड निवास पश्चिम चितवनको शिवनगरमा भव्य समारोहकाबीच प्रचण्डले रातो टिका र प्रचण्ड जिताऔँ अभियान लेखिएको टोपी लगाएर अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराएका हुन् ।

साथै सो अवसरमा सोही सहकारी संस्था नजिक रहेको प्रकृति आमा समूहकी अध्यक्ष सन्जु तामाङको नेतृत्वमा सयौँको संख्यामा समेत महिलाहरु प्रवेश गरेका थिए ।

पर्टी प्रवेश पछि बोल्दै बखान सहकारीका अध्यक्ष मोहनसिंह लामाले कांग्रेसमा बेतिथि र गुटबन्दी बढेकोले उक्त पार्टीबाट देशले निकास पाउन नसक्ने निष्कर्ष सहित माओवादी केन्द्रमा प्रवेश गरेको बताएका थिए ।

साथै उनले राष्ट्रको निकास र विकासका लागि माओवादी केन्द्रका अध्यक्ष एक मात्र पात्रो भएको बताए ।

अध्यक्ष प्रचण्डले चितवनको विकास र समृद्धिका लागि आफु गृह जिल्ला चितवनको आएको बताए । साथै उनले भर्खरै पार्टी प्रवेश गरेकहरुलाई उचित स्थान दिन बताए ।

प्रतिक्रिया दिनुहोस