सोल । दक्षिण कोरिया सरकारले गर्भपतनसम्बन्धी कानुन ल्याइने भएको समाचारको यहाँका महिला अधिकारवादीहरुले स्वागत गरेका छन् । दक्षिण कोरियाको कानुन मन्त्रालयले बुधबार यहाँको सरकारले गर्भपतनलाई मान्यता दिने कानुनलाई संसदमा पेश गर्न लागेको जानकारी दिएको थियो ।
यहाँको सरकारले दक्षिण कोरियाका महिलालाई बढीमा १४ हप्ता सम्मको गर्भपतन गराउन पाउने गरी कानुनको मस्यौदा गरिएको बताएको थियो । अब यो कानुन आएपछि यहाँका महिलाले आफैले इच्छा गरे बमोजिम नै गर्भपतन गराउन पाउने छन् । यसअघि यहाँका महिलालाई आफैले चाहेर गर्भपतन गराउन पाउने अधिकार थिएन । गर्भवती महिलामा गम्भीर प्रकृतिको रोग देखिएमा, बच्चा अपांग रहेको भनी स्वास्थ्य जाँचका क्रममा पाइएमा र बलात्कारका कारण गर्भ रहन गएमा मात्र महिलाले गर्भपतन गराउन पाउँथे ।
तर महिला अधिकारवादीहरुले महिलाको इच्छाबमोजिम गर्भपतन गराउन पाउनुपर्ने कानुनको माग गर्दै आएका र सरकारले यो कानुन ल्याउने भएपछि त्यसको स्वागत गरेका हुन् । यहाँको अदालतले महिलाले गर्भपतन गराउन पाउनेगरी कानुन बनाउन भनेको थियो । यो कानुन बन्ने भएपछि यहाँका महिला अधिकारवादीहरुले यस कानुनको स्वागत गरेका हुन् । (रासस/सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २२ असोज २०७७, १९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने
दक्षिण कोरियाको जङ्गलमा भीषण आगलागी, २४ जनाको मृत्यु
दक्षिण कोरियाका प्रधानमन्त्री हानको महाअभियोग खारेज
महाभियोग लागेका दक्षिण कोरियाली राष्ट्रपति युन रिहा
एक दशकपछि दक्षिण कोरियाको जन्मदर बढ्यो
दक्षिण कोरिया बन्दरगाह शहर आगलागी : मृत्यु हुनेको संख्या ६ पुग्याे