जुम्ला । राष्ट्रिय मानवअधिकार आयोगले कोरोना महामारीमा कैदीबन्दीको मानवअधिकार अवस्था अनुगमन गरेको छ । आयोगका सदस्य सुदीप पाठकसहितको टोलीले मङ्गलबार कैदीबन्दीको मानवअधिकार अवस्था अनुगमन गरेको हो ।
नेपालका २७ जिल्लामा कोरोना र मानवअधिकारबारे दू्रत अनुमगन गर्ने कार्यक्रमअनुसार १३औँ जिल्लाका रूपमा जुम्लामा टोली आइपुगेको हो । योगको टोलीले मङ्गलबार जिल्ला प्रशासनमा सुरक्षा नियकाय, पत्रकार तथा मानवअधिकारकर्मीसँग अन्तक्र्रियासमेत गरेको छ । अन्तक्र्रियामा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य पाठकले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणसँगै मानवअधिकार संरक्षणका सवाल महत्वपूर्ण हुने बताए ।
कोभिड–१९ पछि मानवअधिकारका क्षेत्रमा परेको प्रभाव, कैदीबन्दी तथा हिरासतमा रहेका व्यक्तिको अवस्था, यसैबीचमा भइरहेका हिंसात्मक गतिविधिबारे बुझ्न द्रूत अनुगमनका लागि जुम्ला आइपुगेको आयोगका सदस्य पाठकले बताए । आयोगका सदस्य पाठकलले डेढ घण्टा सरोकारवालासँगको अन्तक्र्रियापछि जिल्ला कारागारका कैदीबन्दीको मानवअधिकार अवस्थाको पनि अनुगमन गरेका छन् । कोरोना त्रासका सन्दर्भमा भोग्नुपरेका समस्या समधानमा केन्द्रित प्रतिवेदन सरकारलाई बुझाउनेसमेत उनको भनाइ छ ।
गाँस, बास र कपासको पूर्ण प्रत्याभूतिबिना कर्णालीमा मानवअधिकारको प्रत्याभूति सम्भव नरहेकोसमेत उनले उल्लेख गरे । न्याय, समानता र मानवअधिकारलाई सँगसँगै लिएमा मानवअधिकार संरक्षण हुनेमा उनले जोड दिएका छन् । जुम्लामा रहेका सडक मानव, बत्तीको समस्या, सडक सुधारको समस्या, कर्णाली राजमार्ग सुधारको समस्या, स्वास्थ्य चौकीमा दरबन्दीअनुसार चिकित्सक नपठाउने समस्यालगायत गुनासो टिप्दै आयोगका सदस्य पाठकले तत्काल समस्या समधान गर्न असोज २७ गते आवश्यक सिफारिससहित सरकारलाई प्रतिवेदन पेश गरिने बताए ।
जिल्ला कारागारका नौ कैदीबन्दी सङ्क्रमति भए पनि अहिले निको भएको जनाएको छ । आयोगका सदस्य पाठकसमक्ष कैदीबन्दीले कारागारमा लामो समयदेखि पानी र बिजुलीको समस्या झेल्दै आएको गुनासो गरेका छन् । बन्दी खड्कजित रोकायाले भने, “अहिले पनि तिला नदीको दूषित पानी कारागारमा प्रयोग भएकै कारण यहाँका कैदीबन्दी बिरामी हुने गरेका छन् ।” कैदीबन्दी बिरामी हुँदा अस्पतालमा उपचारका क्रममा दूषित पानी खाएका कारण बिरामी भएको चिकित्सकले पुष्टि गर्दा पनि दूषित पानी पिउनुपर्ने अवस्था रहेको उनले गुनासो गरे ।
यता प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले कोरोना कहरका बीच पनि मानवअधिकारसँगै नागरिकको स्वास्थ्यलाई पहिलो प्रथामिकता दिएर काम गरेको बताए । जुम्लामा सडक मानव बढी हुनु, उनीहरुको व्यवस्थापनका आश्रयस्थल नहुनु, कोरोनाबीच पनि राजनीतिक जमघट बढी हुनु, मानवअधिकार संरक्षणका मुख्य चुनौती रहेको प्रजिअ थापाले आयोगका सदस्य पाठकसमक्ष बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १४ असोज २०७७, १० : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दार्चुला कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी
क्षमताभन्दा तीन गुणा बढी कैदी बन्दी
गौर कारागारमा पानी पसेपछि कैदी बन्दी छतमा
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सहसचिव चूडामणि कारागार चलान
कारागारमा क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दी
अमेरिकी पत्रकारलाई रुसमा १६ वर्षको कारागार सजाय