अहिलेससम्म अधिकारको लागि लडेउँ, अब विकासको लडाईँ सुरु भएको छ : मन्त्री यादव

विहीबार, २४ फागुन २०७४, १३ : ५२
अहिलेससम्म अधिकारको लागि लडेउँ, अब विकासको  लडाईँ सुरु भएको छ : मन्त्री  यादव

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले अहिलेससम्म अधिकारको लागि लडिएको तर  अब विकासको  लडाईँ सुरु भएको बताएका छन । 

बिहिबार राजधानीको भृकुटीमण्डपमा आयोजित सातौ अन्तराष्ट्रिय उद्योग व्यापार मेलामा बोल्दै उनले  सरकारले भ्रष्ट ठेकेदार र कर्मचारी कसैलाई पनि नछाड्ने चेतावनी  दिए । उनले भने, ‘नेता मन्त्री बनेपछि औषधि  गर्न विदेश जान्छन्  । कर्मचारी  असुली गर्न जान्छन् । तस्करहरु कर्मचारीलाई घुस खुवाउन जान्छन् ।  अब हामी यस्ता धन्दा बन्द गराउँछौं ।’

यादवले देशको अर्थतन्त्र छाता जस्तो होइन पिरामिड जस्तो हुनुपर्ने  बताएका छन ।  ५ वर्षमा देशलाई नमुना बनाउने दाबी गर्दै यादवले त्यसको लागि  गलत काममा लाग्नेलाई कडा भन्दा कडा कारबाही गरिने बताए । उनले भने, ‘ अब प्रष्ट भए हुन्छ, घुस खुवाउनेको काम अब हुँदैन । खानेको त के–के हुन्छ , हेर्दै जानुस् ।’

प्रतिक्रिया दिनुहोस