ग्रीनल्याण्ड पब्लिक स्कुलमा एमआइपिबिएल मेला सम्पन्न

सफल खबर संवाददाता

शनिबार, ०५ असोज २०८१, १५ : २९
ग्रीनल्याण्ड पब्लिक स्कुलमा एमआइपिबिएल मेला सम्पन्न

भरतपुर । भरतपुर-१२ स्थित ग्रीनल्याण्ड पब्लिक स्कुलमा एमआइपिबिएल मेला सम्पन्न भएको छ । विद्यालय परिसरमा सम्पन्न मेलामा उत्साहजनक सहभागिता थियो  । मेलामा विद्यार्थीहरुले प्रोजेक्ट बेस्ड लर्निङ (परियोजनामा आधारित सिकाई)का क्रममा तयार पारेका प्रोजेक्टहरु प्रदर्शन गरेका थिए ।

मेलामा प्रमुख अथिति प्याब्सनका जिल्ला अध्यक्ष कृतिनिधि अर्यालले जीवनोपयोगी र व्यवहारिक शिक्षामा जोड दिँदै आएको ग्रीनल्याण्ड पब्लिक स्कुलले चितवन जिल्लामा छुट्टै पहिचान बनाउन सफल भएको बताए।

मेलामा यसै बर्ष असार देखि भाद्र सम्मका  विद्यालयले चलाएको परियोजनामा आधारित सिकाई अन्तर्गत विद्यार्थीहरुले शिक्षण सिकाइ गरेका प्रोजेक्टहरु प्रस्तुत गरेका थिए  । जसमध्ये ९० वटा प्रोजेक्टहरु प्रदर्शनीमा राखेर विद्यार्थीहरुले आफ्नो अनुभव प्रस्तुत गरेको प्राचार्य इन्दिरा कार्कीले बताइन्।

स्कुलले अमेरिकन मनोवैज्ञानिक होवार्ड गार्नरकको मल्टिपल इन्टेलिजेन्स सिद्धान्तमा आधारित रही विद्यार्थीहरुको क्षमता पहिचानमा तथा जीवनोपयोगी र व्यवहारिक शिक्षामा जोड दिँदै आएको उनले बताइन् ।

यस्ता मेलाले सिकाईलाई व्यवहारिक जीवनसँग जोडेर विद्यार्थीहरुलाई अनुभव बटुल्न महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो । यो कार्यक्रमलाई शिक्षामा क्रान्तिको रुपमा लिईएको उनले बताइन् ।

विद्यार्थीहरूमध्ये सो कार्यक्रममा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरु पूर्णरूपमा सहभागी भएको सहप्राचार्य उपेन्द्र आचार्यले जानकारी दिए । मेलामा विद्यार्थीहरुले तयार परेका चिया, विभिन्न परिकारका खाजा, फिनेल,हर्पिक जस्ता बिक्री समेत गरेका थिए  ।

त्यस्तै शिक्षालाई जीवनसँग जोड्न विद्यालयमा हरेक शुक्रबार बुकफ्री डे हुँदै आएको पनि जानकारी गराए । स्मरणमा आधारित नेपाली शिक्षालाई बदल्न सिकाई निर्माणको प्रकृया बदल्नु नै एकमात्र मार्ग भएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस