काठमाडौं । विगत केही दिनदेखिको लगातारको भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरको सडकमा क्षति पुगेको छ । बाढी र पहिरोका कारण देशभर राष्ट्रिय राजमार्गमा मात्र दर्जनभन्दा बढी स्थानमा अझै पनि अवरोध जारी रहेको छ ।
सडक विभागका अनुसार बिहीबार साँझसम्म देशभरका विभिन्न स्थानमा राष्ट्रिय राजमार्गमा मात्र एक दर्जन बढी स्थानमा सडक अवरुद्ध छ । अवरोध सिर्जना भएको झन्डै एक सय स्थानमा भने अवरोध हटाएर एकतर्फी तथा आंशिक रूपमा सवारी आवतजावत खुलाइएको छ ।
पहिरोका कारण बन्द भएको नारायणगढ–मुग्लिन सडकको मुग्लिन नजिक चार किलोमा बिहीबार मध्याह्नदेखि दुईतर्फी नै गाडी चलेका छन् । पाँच किलोमा भने एकतर्फी मात्र गाडी चलेको छ । पृथ्वी राजमार्गको कुरिनटारमा पनि एकतर्फी सडक खुलेको छ । सो स्थानमा बुधबार बिहानदेखि नै पहिरोले सडकमा अवरोध सिर्जना गरेको थियो । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०९ असोज २०७७, ०७ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनका विभिन्न स्थानमा भारी वर्षा
बेनी–जोमसोम सडक अवरुद्ध
वर्षाले कहाँ–कहाँका सडक अवरुद्ध ? (सूचीसहित)
अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, तराईमा डुबान
पहिरोले म्याग्दीका प्रमुख सडक अवरुद्ध, झरीले पहिरो पन्छाउन समस्या