काठमाडौं । ६ असोजबाट देशका विभिन्न ठाउँमा निरन्तर भइरहेको वर्षाका कारण फेरि विपद्जन्य घटना बढ्न थालेको छ । निरन्तरको वर्षाका कारण विपद्जन्य घटनाबाट तीन दिनमा १७ जनाको मृत्यु भएको छ भने १५ जनाभन्दा बढी बेपत्ता भएका छन् ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार ६, ७ र ८ असोजमा पहिरो, बाढी जस्ता प्राकृतिक विपद्का घटनाबाट १७ जनाको मृत्यु भएको हो ।
यी तीन दिनमा सबैभन्दा बढी बिहीबार मात्रै १४ जनाले ज्यान गुमाएका छन् । विपद्का ३० वटा घटना भएको केन्द्रको तथ्यांकले देखाएको छ । राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख मुरारी वस्तीका अनुसार बिहीबार मात्रै बाढी र पहिरामा परी १४ जनाको ज्यान गएको हो ।
‘विगत तीन दिनमा सबैभन्दा बढी बिहीबार १४ जनाको प्राकृतिक विपद्का घटनाबाट मृत्यु भएको छ । यसपटक ९० प्रतिशत क्षति पहिरोबाट भएको देखिन्छ,’ केन्द्रका प्रमुख वस्तीले राजधानीसँग भने ।
बिहीबार एकाबिहानै स्याङ्जाको वालिङ नगरपालिका– १४ को तमादीमा गएको पहिरोमा ९ जनाको ज्यान गएको हो । सो घटना सडक विभागले बनाएको अव्यवस्थित सडक पूर्वाधारका कारण भएको स्थानीयले बताएका छन् । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०९ असोज २०७७, ०७ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपद् जोखिम न्यूनीकरण परिषद् बैठकमा वायु प्रदूषणका विषयमा छलफल
सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठक
विपद्मा परेकाको हवाई उद्धार भाडा विपद् कोषबाट भुक्तानी हुने
यी हुन् सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका ४१ स्थानीय तह
विपद् अपडेट : मृतकको संख्या २१७ पुग्यो, २८ अझै बेपत्ता
मधेशमा विपद्बाट पाँच जनाको मृत्यु, ५ सय मानिस विस्थापित