एनआईसी एशियाका अध्यक्ष ‘प्रबल जनसेवा श्री चतुर्थ’ बाट विभूषित

सफल खबर संवाददाता

शनिबार, ०३ असोज २०७७, २० : ४७
एनआईसी एशियाका अध्यक्ष ‘प्रबल जनसेवा श्री चतुर्थ’ बाट विभूषित

काठमाडौँ । एनआईसी एसिया बैंकका संचालक समितिका अध्यक्ष तथा विशाल ग्रुपका उपाध्यक्ष तुलसीराम अग्रवाल ‘प्रबल जनसेवा श्री चतुर्थ’ द्वारा विभूषित हुने भएका छन् । संविधान दिवस २०७७ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिष्ठित उद्योगी व्यवसायी समेत रहेका अग्रवाललाई विभूषित गर्ने घोषणा गरेकी हुन् । 

अग्रवालले पाँच दशकदेखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रुपमा एक सफल उद्योगी व्यवसायीको रुपमा राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय टेवा पु¥याउदै आएका छन् । उनले भीजी फाउण्डेसनमार्फत समाजको हित रक्षाको लागि समेत उल्लेख्य कार्य गर्दै आएका छन् । 

उनलाई विभूषित गर्ने घोषणा गरेको अवसरमा एनआईसी एसिया बैंकको तर्फबाट राष्ट्रपति तथा नेपाल सरकारप्रति हार्दिक कृतज्ञता जाहेर समेत गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस