मुस्लिम र हिन्दु समुदायबीच झडप हुँदा मलंगवा तनावग्रस्त, कर्फ्यू आदेश जारी

सफल खबर संवाददाता

शनिबार, ०३ असोज २०७७, १५ : १५
मुस्लिम र हिन्दु समुदायबीच झडप हुँदा मलंगवा तनावग्रस्त, कर्फ्यू आदेश जारी

मलंगवा । मलंगवामा मुस्लिम र हिन्दु समुदायबीच झडप हुँदा मलंगवा तनावग्रस्त भएको छ । स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी  छ । 

विश्वकर्मा भगवानको मूर्ती सेलाउने विषयमा सर्लाही सदरमुकाम मलंगवा ३ विश्वकर्मा चौकमा मुस्लिम र हिन्दु समुदायबीच झडप हुँदा तनाव उत्पन्न भएको छ।

शनिबार साढे १ बजेदेखि आइतबार बिहान ८ सम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो।  दुई समुदायका मानिस भेला भएर वादविवाद गर्न थालेपछि कर्फ्यू जारी गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक संतोष सिंह राठौरले जानकारी दिए। 
शुक्रबार रातिदेखि उत्पन्न भएको तनाव साम्य नभएपछि प्रशासनले कर्फ्यू आदेश जारी  गरेको हो । 

विश्वकर्मा चौकमा पूजा गरिएको मूर्ती स्थानीय युवाहरु घुमाउन जाँदा दुई समुदायबीच झडप भएको थियो। झडप भएपछि दुबै पक्षबीच ढुङ्गामुढा भएको थियो। ढुङ्गामुढाले लागेर दुबै पक्षका करिब १ दर्जन भन्दा बढी व्यक्ति घाइते भएका छन्। 

दुई समुदायबीच झडप हुन थालेपछि प्रहरी आएर अवस्थालाई साम्य पारेको थियो। 

  

प्रतिक्रिया दिनुहोस