वीरगञ्ज । वीरगन्जमा गरिएको परिक्षणमा विभिन्न जिल्लाका थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा १ सय ९२ जनाको स्वाब परीक्षण गर्दा चार महिने बालकसहित पर्सा, बारा र सर्लाहीका ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
अस्पतालका प्रबक्ता डाक्टर अतुलेश चौरसियाका अनुसार संक्रमण हुनेहरुमा देखिनेमा चार महिने बालकदेखि ६८ वर्षका वृद्धसहित ४१ पुरुष र ११ जना महिलाहरु रहेका छन् । सबैभन्दा बढी बाराका ४५, पर्साका ६ र सर्लाहीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पर्साको वीरगञ्ज महानगरपालिकाका ३ र बाल सुधार गृहका ३ जनामा संक्रमण देखिएको छ । बाराको कलैया उप महानगरपालिकाका दुई, बारागढी गाउँपालिकाका विभिन्न स्थानका १५ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ असोज २०७७, १० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा 'केपी' भेरियन्ट पुष्टि
सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम बढ्दै