चितवनमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, ०२ असोज २०७७, ०९ : ३२
चितवनमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन । भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कलेजमा उपचाररत नवलपरासी पूर्व देवचुली नगरपालिका ११ का ३१ बर्षिय पुरुषको आज बिहान १२ः१८ मा मृत्यु भएको अस्पतालले जनाएको छ । 

अवस्था गम्भीर भएसंगै सघन कक्षमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको ति पुरुष भदौ २५ गते स्वासप्रश्वास तथा निमोनियाको समस्या भई उनि अस्पताल भर्ना भएका थिए । परिक्षणको क्रममा भदौ २६ गते उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस