चितवन । नारायणगढ मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।
पहिरोका कारण अवरुद्ध भएको सडक आज बिहीबार सवा ११ बजेपछि खुलेको हो । इच्छाकामना गाउँपालिका ६ स्थिति चारकिलो भन्ने स्थानमा बिहीबार विहान ४ः३० बजे पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।
पहिरो पन्छाएपछि विहान सवा ११ बजेपछि सडक दुईतर्फी नै खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
सो स्थानमा दिनहुँजसो पहिरो खसेर घण्टौं सडक अवरुद्ध हुँदै आएको छ । यसअघि बुधबार पनि चारकिलो र पाँचकिलोमा पहिरो खसेर सडक अबरुद्ध भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ असोज २०७७, १३ : ४७
लेखकबाट थप