काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षणविहीन कोरोना संक्रमितहरूको पिसिआर परीक्षण नगर्ने तयारी गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीका अनुसार लक्षणविहीनको परीक्षण नगर्दा पनि फरक नपर्ने निष्कर्ष मन्त्रालयले निकालेको छ ।
लक्षण भएकाहरूको मात्र परीक्षण गर्ने र नभएकाहरूको परीक्षण नगर्दा पनि फरक नपर्ने तर आइसोलेसनमा चाहिँ बस्नुपर्ने निष्कर्षमा मन्त्रालय पुगेको छ । ट्रेस गरेरमात्र परीक्षण बढाएर नभएपछि क्वारेन्टिनलाई पनि त्यतिकै जोड दिनुपर्ने मन्त्रालयले तयारी छ। एउटा जिल्लाबाट अर्को जिल्लामा जाँदा १४ दिन क्वारेन्टिनमा अनिवार्य बस्नुपर्नेमा मन्त्रालयको जोड छ ।
अहिले दैनिक औसत १० हजार जनाको पिसिआर परीक्षण हुँदै आएको छ। मन्त्रालयका तथ्यांकअनुसार हालसम्म साढे आठ लाख बढी मानिसको पिसिआर परीक्षण भएको छ। सरकारले भर्खरै मात्र पिसिआर परीक्षणको शुल्क आधा घटाएको छ। यसअघि ४ हजार ४ सय मा शुल्क तोकिएकोमा अब भने २ हजार रुपैयाँ मात्र लिन पाइने भनिएको छ।
यस्तै मन्त्रालयले विपन्न वर्गको मात्र निःशुल्क कोरोना उपचार गर्ने र अन्यले आफ्नै खर्चमा उपचार गर्नुपर्ने विषयमा पनि छलफल अघि बढाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० भदौ २०७७, १४ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै