चितवन । विश्वब्यापि कोरोना माहामारीका कारण दैनिक हातमुख जोड्न कठीन भएका व्यक्तिहरुलाई एसओएस बालग्राम भरतपूरमा हुर्केका युवाहरुले खाद्यान्न सहयोग गरेका छन ।
एसओएस बालग्राममा बाल्यकाल बिताएर हाल देश तथा विदेशमा उच्च शिक्षा हासिल गरिरहेका एवं आफ्नो पेशा तथा ब्यवसायमा आवद्ध भएका युवाहरुले एसओएस युवाक्लब मार्फत् आर्थिक संकलन गरि उक्त सहयोग प्रदान गरेको एसोयसका उपनिर्देशक राजेन्द्र लम्सालले बताए ।
बेवारिसे व्यवस्थापन शाखा चितवनको आयोजनामा नारायणी नदि किनारमा आयोजित निशुल्क भोजन कार्यक्रममा एसओएसका युवाहरुले २ दिनको भोजन पुग्नेगरी खाद्यान्न सामाग्री हस्तान्तरण गरेका हुन् ।
उक्त सहयोगले ३५० जनाका लागी दुईछाक खानपुग्ने ,भोजन व्यवस्थापन समितिका कार्यक्रम संयोजक सिता कुंवरले बताइन ।
नारायणगढको नारायणी नदिको किनारामा दैनिक ३५० जनाको हाराहारीमा कोरोना माहामारीको कारण दैनिक हात मूख जोर्न कठीन भएका व्यक्तिहलाई भोजनको व्यवस्थाहुर्दै आइरहेको छ ।
यसै गरी शुक्रबार (आज) रत्ननगर नगरपालिका वडा नं १२ सालघारीमा रहेकका बिपन्न ५ परिवारलाई प्रति परिवार पाँचहजार बराबरको खाद्यान्न वितरण गरेको लम्सालको भनाई छ ।
उक्त कार्यक्रममा वडा नं १२ का वडा अध्यक्ष बिर बहादुर पाख्री ले सहयोग कार्यक्रमको सराहना गर्दै आगामी दिनहरुमापनि एसओएस बालग्राम सँग सामाजिक कार्यक्रममा हातेमालो गर्न चाहेको बताए ।
साथै उपनिर्देशक राजेन्द्र लम्सालले आगामिदिनहरुमा समेत कोरोना माहामारीको कारण अप्ठयारोमा परेका व्यक्तिहरुलाई सहयोग जारीरहने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ भदौ २०७७, १९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रवासी नेपालीद्वारा म्याग्दीको दुई विद्यालयलाई कम्युटर सहयोग
बम विस्फोटमा ज्यान गुमाएकाहरूका परिवारलाई आर्थिक सहयोग
बाढीपीडितलाई माओवादी निकट कर्मचारी महासङ्घको सात लाख ७७ हजार सहयोग
तेजरत्न आँखा उपचार केन्द्रलाई २० लाख सहयोग
बाढीपहिरो पीडितको राहतका लागि कर्णाली सरकारले ५० लाख सहयोग गर्ने
भारतमा मृत्यु भएका मजदुरको परिवारलाई माडी नगरपालिकाद्वारा आर्थिक सहयोग