उपचाररत बालिकालाई सहयोग

मंगलबार, २२ फागुन २०७४, १२ : ५७
उपचाररत बालिकालाई सहयोग

मंगलबारे, इलाम । शहीद गंगालाल हृदयरोग केन्द्र काठमाडौँमा उपचाररत सन्दकपुर गाउँपालिका इलामकी एक बालिकालाई कोरिया पुगेका स्थानीय युवाले सहयोग गरेका छन् ।

मुटुका अंग नछुटिृएको, भल्ब साँगुरिएको समस्या भई विगत छ महिनादेखि उपचाररत सन्दकपुर गाउँपालिका–३ की निसानी साउदेनलाई सहयोग गरिएको दक्षिण कोरियाबाट विनोद पौडेलले जानकारी दिनुभयो ।

आर्थिक अभाव भई परिवारले सहयोगको अपिल गरेपछि सहयोग गरेको उहाँले बताउनुभयो । उपचारका लागि उहाँहरुले नगद रु ५५ हजार हस्तान्तरण गर्नुभएको हो ।

इलाम सूर्योदय सेवा समाज दक्षिण कोरियामा आबद्ध विनोद सन्दकपुर गाउँपालिका स्थायी घर भएका विनोद पौडेल, रमा कार्की (पौडेल), अर्जुन पौडेल, जगदिश पौडेल, हर्क राई, मदन पाठक, भरत पाठक, राजेन्द्र सुवेदीले सहयोग गर्नुभएको थियो ।

त्यस्तै, भोला खतिवडा, बेनुप खतिवडा, लिला खतिवडा, गोपाल खतिवडा, आशिष रिजाल, दिनेश गड्तौला, सुरेश खनाल, नविन भट्टराई, नवीन निरौला र देउमाई नगरपालिका (मंगलबारे) का नवीन आचार्यले सहयोग गर्नुभएको हो । सो रकम विनोद पौडेलकी दिदी कल्पना पौडेल (सापकोटा) ले काठमाडौँस्थित अस्पतालमा पुगेर हस्तान्तरण गर्नुभएको हो । (रासस)

प्रतिक्रिया दिनुहोस