संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने

मंगलबार, २२ फागुन २०७४, १२ : ५१
संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने

काठमाडौं । संघीय समाजवादी फोरम वाम गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । मंगलबार बसेको फोरम पदाधिकारीको बैठकले सरकारमा सहभागी हुने औपचारिक निर्णय गरेको हो ।

एमाले–माओवादीसँग बसेर मन्त्रालय टुंग्याएपछि सरकारमा जाने नेताहरूको नाम पठाइने सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए । “सरकारमा सहभागी हुने निर्णय गरेका छौँ, मन्त्रालयको विषयमा टुंगो लागेपछि सरकारमा सहभागी हुने नेताहरूको नाम पठाउँछौँ,” सहअध्यक्ष श्रेष्ठको भनाइ छ ।

फोरमले अहिले उपप्रधानसहित तीन मन्त्रालय मागिरहेको छ भने वाम गठबन्धन दुई मन्त्रालय दिन राजी भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस