जनकपुरमा एक महिलाले जन्माईन् चम्ल्याहा बच्चा, १ बच्चा सहित आमाको अवस्था गम्भीर

सफल खबर संवाददाता

बुधबार, १७ भदौ २०७७, ११ : २०
जनकपुरमा एक महिलाले जन्माईन् चम्ल्याहा बच्चा, १ बच्चा सहित आमाको अवस्था गम्भीर

जनकपुर । जनकपुरमा एक महिलाले ४ वटा बच्चालाई एकै पटकमा जन्म दिएकी छन् । धनुषाको विदेह नगरपालिका–७ जोगियारा की २२ वर्षीया अरमाना खातुनले मंगलबार राति एकैपटक चार वटा बच्चालाई जन्म दिएकी हुन् ।

जनकपुरधामस्थित काव्या अस्पतालमा भर्ना भएकी अरमानाले एकैपटकमा चम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् । उनको शल्यक्रिया स्त्री तथा प्रसुती रोग विशेषज्ञ चिकित्सक सोनिया सिंहले गरेकी थिईन् । उनले भनिन्–‘ एकै पटकमा ४ वटा बच्चालाई जन्म दिएकी हुन, जन्मिएका शिशु मध्ये ३ छोरी र १ छोरा रहेका छन् । 

शिशुहरु मध्ये छोराको तौल डेढ किलो र छोरीहरुको तौल सवा एक किलो रहेको काव्या अस्पतालले जनाएको छ । शिशुहरु मध्ये ३ वटाको स्वास्थ्य अवस्था समान्य रहेपनि एक शिशुको अवस्था भने अस्थिर देखिएको अस्पतालले जनाएको छ । शिशुहरूमध्ये छोराको तौल डेढ किलो र छोरीहरुको तौल सवा एक किलो रहेको अस्पतालले जनाएको छ।  यता आमा अरमानाको अवस्था गम्भीर छ । 

प्रतिक्रिया दिनुहोस