काठमाडौं । सय केजीको भारी बोकेर गन्तव्यमा पुग्दा पनि थिचिएको महसुस नगर्ने ओखलढुंगा फेदीगोठका ४७ वर्षीय नारायण कार्कीलाई यति बेला रित्तो नाम्लोको बोझ पनि निकै गहु्रँगो लाग्न थालेको छ । खाली पेटमै कामको खोजीमा निस्केका उनी बौद्ध स्तुपको गेटमा अशान्त मुद्रामा भेटिए । ‘कोरोनाले काम खोसिदियो’, भित्तामा अडेसिएका उनले निन्याउरो मुखले थपे, ‘कमाइ नहुँदा पेट भत्भती पोलिरहेको छ ।’
दैनिक मजदुरी गरेर छाक टार्दै आएका उनी काम पाइहालिन्छ कि भन्ने आशमा लकडाउनको पर्वाह नगरी डेराबाट निस्किएका हुन् । ‘मेरो भोकको मात्र कुरा भए पो, केटाकेटी र श्रीमती पनि माउले कुन बेला चारो ल्याउला र खाउँला भनेर बसेका बचेराझैं देखिन्छन्’, उनले विवशता सुनाए ।
केही पर भेटिएका कृष्ण कार्कीको पीडा पनि कम्ता हृदयविदारक थिएन । दुई बच्चाका बाबु, कमाउँदै छाक टार्दै थिए । ‘बरु बडेमानको भारीले समेत अहिलेसम्म थिच्न सकेको थिएन, कोरोनाले त थलै पारिदियो’, गहभरि आँसु पार्दै उनले दुःख सुनाए । काठमाडौंको बौद्ध क्षेत्रमा भरियाको काम गरेर छाक टार्ने करिब १५ जनाको अवस्था यस्तै रहेछ । ‘हामी त चिउरा खाएर पनि पेट भर्ने गरेका छौं’, कृष्णले भने, ‘कति साथी त त्यही पनि खान नपाउने अवस्थामा पुगिसके ।’
विगतको लकडाउनमा खाना खुवाउने संघसंस्था धेरै देखिएका थिए । यसपटक एउटा पनि नदेखेकाले उनीहरू बढी नै आत्तिएका छन् । ‘काम गरेर खाने भएकाले माग्न पनि मिलेन, भोकै बस्न पनि सकिएन’, कृष्णले भने । यस्तै समस्या परेका बेला काम लाग्छ कि भनेर उनीहरूले भरिया संघ पनि खोले तर यसपटक त्यसको पनि केही लागेन । संघका वेदप्रसाद अधिकारी सदस्यहरूको पीडा थाहा भए पनि केही गर्न नसकेकोमा दुःख लाग्ने गरेको बताउँछन् । नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १७ भदौ २०७७, ०७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोलाले बगाउँदा अरुण तेस्रोका मजदुर बेपत्ता
भारतको उत्तराखण्डमा पहिरोमा पुरिएर चार नेपालीको मृत्यु
मौलाकालिका केबलकारको चारतला माथिबाट खसेर मजदुरको मृत्यु