सरकारले विदेशबाट दैनिक ८ सय नेपालीको उद्दार गर्ने

सफल खबर संवाददाता

सोमबार, १५ भदौ २०७७, १८ : १९
सरकारले विदेशबाट दैनिक ८ सय नेपालीको उद्दार गर्ने

काठमाडौं । सरकारले विदेशबाट दैनिक ८ सय नेपालीको उद्दार गर्ने निर्णय गरेको छ । 

सरकारले भदौ १७ गतेदेखि खुल्ने नियमित तथा चार्टर्ड अन्तर्राष्ट्रिय उडानबाट दैनिक ८ सय जनामात्र आउन पाउने बताएको हो । यसअघि सरकारले दैनिक ५ सय जनासम्मको मात्रै उद्दार गर्ने निर्णय गरेको थियो ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पर्यटन मन्त्रालयको जिम्मेवारी र जवाफदेहीतामा उडान संख्या, यात्रुको व्यवस्थापन, क्वारेन्टाइन र आइसोलेशनको उपलब्धताको आधारमा दैनिक ८०० जना नबढ्ने गरी चार्टर र नियमित उडानको माध्यमबाट अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस