काठमाडौं । नेपालमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।
मृतकहरुमा एक बालिका, तीन महिला र चार पुरुष रहेका छन् । जसमा महोत्तरीकी ४ वर्षीया बालिका, गोरखाकी ६५ वर्षीया महिला, रुपन्देहीकी ६८ महिला रहेकी छिन् भने पुरुषहरुमा झापाका ८६ वर्षीय, रौतहटका ४० वर्षीय, चितवनका ७८ वर्षीय, भक्तपुरका ७७ वर्षीय रहेका छन् ।
यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या २२८ पुगेको छ । यस्तै आज थप ८९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ५८८ जना निको भएर घर फर्किएका छन् । यस्तै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ । जसमध्ये २१ हजार ४१० जना निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ भदौ २०७७, १६ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट