एटीएमबाट रकम झिक्न किन तोकियो सीमा ?

पत्रपत्रिकाबाट

सोमबार, १५ भदौ २०७७, ०८ : ३२
एटीएमबाट रकम झिक्न किन तोकियो सीमा ?

काठमाडौं । ग्राहकले एटीएम कार्डबाट मासिक ४ लाख रुपैयाँभन्दा बढी रकम निकाल्न नपाउने भएका छन् । राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको एकीकृत निर्देशनमा यस्तो व्यवस्था गरिएको हो । 

यसअघि एटीएमबाट हुने प्रतिपटक र दैनिक कारोबारका लागि मात्र सीमा तोकिएको थियो । अहिले मासिक कारोबारको सीमा पनि तोकिएको हो । एटीएमबाट धेरै रकम बाहिरिएको सूचनाका आधारमा मासिक सीमा तोकिएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

यसअघि एटीएम कारोबारमा प्रतिपटक बढीमा २५ हजार र दैनिक एक लाख रुपैयाँसम्म मात्र झिक्न पाइन्थ्यो । उक्त व्यवस्थासँगै राष्ट्र बैंकले मासिक ४ लाख रुपैयाँभन्दा बढी निकाल्न नपाइने व्यवस्था थपेको हो । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस