चितवनका निजी क्षेत्रको एउटै श्वर : निषेधाज्ञा हटाऔँ, रोगले भन्दा भोकले सताउन थाल्यो

सफल खबर संवाददाता

आइतबार, १४ भदौ २०७७, १४ : ००
चितवनका निजी क्षेत्रको एउटै श्वर : निषेधाज्ञा हटाऔँ, रोगले भन्दा भोकले सताउन थाल्यो

चितवन। चितवनका निजी क्षेत्रले जारी निषेधाज्ञा हटाउन माग गरेको छ । यहाँका निजी क्षेत्रले भदौ १५ देखि निषेधाज्ञा हटाउन माग गरेको हो । 

चितवन जिल्ला प्रशासन कार्यालय पुगेर निजी क्षेत्रले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै रोगले भन्दा पनि भोक र व्यवसायिक तनावले अति असामान्य अवस्था सिर्जना हुन सक्ने भन्दै गम्भीर ध्यानाकर्षण जनाएका थिए । 

ज्ञापनपत्रमा निरन्तरको लकडाउनले आपूर्ति श्रृंखला टुट्न जाने भन्दै निषेधाज्ञासहितको लकडाउनको विकल्प खोज्न अनुरोध गरिएको छ । चितवन उद्योग संघ, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, निर्माण व्यवसायी संघ, क्षेत्रीय होटल संघ, हिसान, प्याब्सन, नेपाल चिकित्सक संघ, रत्ननगर उद्योग वाणिज्य संघ, क्षेत्रीय होटल संघ, नेपाल पोल्ट्री महासंघ, ह्याचरी उदोग संघ र होटल व्यवसायी संघलगायतका संघसंस्थाले ज्ञापनपत्र बुझाएका हुन् ।

विज्ञप्तिमा वैकल्पिक स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै आर्थिक गतिविधि चलायमान बनाउन माग गरिएको छ । सातबुँदे मागसहितको ज्ञापनपत्रमा दुई पाङ्ग्रे सवारीमा एक जना र चार पाङ्ग्रेमा अधिकतम दुई जना हिँडडुलको व्यवस्था गरी लकडाउनलाई खुलाउन माग गरिएको छ ।

सामुदायिक तथा संस्थागत विद्यालयहरुले विद्यार्थीको शैक्षिक शत्र खेर जान नदिने वातावरण तयार गर्न पनि माग गरिएको छ । 

प्रतिक्रिया दिनुहोस