वीरगन्जमा कोरोना परिक्षण : थप ७९ जनामा संक्रमण पुष्टि

सफल खबर संवाददाता

आइतबार, १४ भदौ २०७७, ११ : ३३
वीरगन्जमा कोरोना परिक्षण : थप ७९ जनामा संक्रमण पुष्टि

वीरगन्ज । वीरगन्जमा गरिएको परिक्षणमा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४७ जना पर्सा, ३० जना बाराका,  मोरङ  रकाठमाडौंका १-१ जना रहेका छन् । 

प्रयोगशालामा ४ सय ४२ जनाको स्वाब परीक्षण गर्दा २४ महिलासहित ६ महिनादेखि ९७ वर्ष उमेर समूहका ७९ जनामा संक्रमण पुष्टि भएको हो । शनिबार राति गरिएको परीक्षणमा वीरगन्ज महानगरपालिकाका विभिन्न वडामा थप २६ जनामा संक्रमण पुष्टि भएको छ । पर्साको पोखरिया नगरपालिकामा १२ जना संक्रमित थपिएका छन् ।

यसै गरी बाराको कलैया उपमहानगरपालिकाका विभिन्न वडामा २१ जना, जितपुर–सिमरा उपमहानगरपालिकामा २ जना, विश्रामपुर गाउँपालिकामा ३ जना र महागढीमाई नगरपालिकामा चार जनामा कोरोना पुष्टि भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले बताए । पर्सामा कोरोना संक्रमणबाट ३६ जनाले ज्यान गुमाईसकेका छन् । 

प्रतिक्रिया दिनुहोस