वीरगन्जमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

शनिबार, १३ भदौ २०७७, १० : ५१
वीरगन्जमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि

वीरगन्ज । वीरगंजमा गरिएको परिक्षणमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको परीक्षणमा एक प्रहरी निरीक्षकसहित थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार ४ सय ४३ जनाको स्वाब परीक्षण गर्दा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये ३१ जना पर्साका, ८ जना बारा, ४ जना धनुषा, ३ जना महोत्तरी, दुई जना सर्लाही, एक,एक जना काठमाडौं र रौतहटका हुन् ।  कन्ट्याक्ट ट्रेसिङको क्रममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस