काठमाडौं । प्रदेश नम्बर २ मा बिहीबार १ सय २४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । बिहीबार धनुषामा ३७, सप्तरीमा ३२, पर्सामा २६, बारामा १०, महोत्तरीमा ६, रौतहटमा ६, सिरहामा ४ र सर्लाहीमा ३ जना संक्रमित भएको छ ।
प्रदेश नम्बर २ मा संक्रमितको संख्या ९ हजार ५ सय ५१ पुगेको छ । संक्रमित मध्ये ८ हजार १ सय ५१ पुरुष र १ हजार ४ सय महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज, एचविडिआरटिसी हेटौडा र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा १ सय २४ जनाको रिपोर्ट पोजेटिभ आएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ भदौ २०७७, २० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा 'केपी' भेरियन्ट पुष्टि
सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम बढ्दै