अस्पतालको आइसोलेसनबाट भागेका युवक फेला परे

सफल खबर संवाददाता

बुधबार, १० भदौ २०७७, १२ : ११
अस्पतालको आइसोलेसनबाट भागेका युवक फेला परे

फाइल फोटो

चितवन । भरतपुर अस्पतालको आइसोलेसनबाट मंगलबार बिहानै भागेका भरतपुर १२ का १९ बर्षीय युवक बुधबार नुवाकोटमा फेला परेका छन् ।

बुधबार बिहान साढे दश बजे नुवाकोटको बेलकोटगढी वडा नं ५ स्थित नेपाल प्रहरीको चेकिङको क्रममा ती युवकलाई फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनी भरतपुरदेखि साइकल चलाएर त्यहाँसम्म पुगेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । ती युवकलाई नुवाकोटमा नै आइसोलेसनमा राख्ने गरी समन्वय भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस