बुटवल । कोरोना संक्रमित एक पुरुषको भैरहवामा उपचारको क्रममा मृत्यु भएको छ । भैरहवाको भिम अस्पतालमा उपचाररत रुपन्देहीमा गैडहवा गाउँपालिका– ३ का ५५ वर्षका कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।
उनको सोमबार राति मृत्यु भएको हो । उनको ४ दिनअघि मेडिकल कलेजमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना पोजेटिभ देखिएपछि मेडिकल कलेजले डिस्जार्चका गरेपछि उनलाई भीम अस्पतालमा भर्ना गरिएको थियो। रुपन्देहीमा अहिले सम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ भदौ २०७७, ११ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा 'केपी' भेरियन्ट पुष्टि
सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम बढ्दै