बुटवल । कोरोना भाइरस संक्रमणका कारण रुपन्देहीको बुटवलमा दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण रुपन्देहीमा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
बुटवल उपमहानगरपालिका– १ कि ६७ वर्षकी महिलाको आइतबार दिउँसो १ बजे र समरीमाई गाउँपालिका– २ का ३८ वर्षका पुरुषको दिउँसो सवा १ बजे मृत्यु भएको प्रदेश ५ को स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा भेन्टिलेटरको सहायतामा उपचार गर्दागर्दै मृत्यु भएको हो । उनीहरु दीर्घरोगी, उच्च रक्तचाप र मिर्गौलाको समस्याबाट पीडित थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ भदौ २०७७, १६ : १२
लेखकबाट थप