कोरोनाको हटस्पट पर्सामा थपिए १४२ जना संक्रमित

सफल खबर संवाददाता

आइतबार, ०७ भदौ २०७७, १५ : २०
कोरोनाको हटस्पट पर्सामा थपिए १४२ जना संक्रमित

वीरगञ्ज । पछिल्लो समय पर्सा कोरोनाका हटस्पट बनिरहेको छ । पर्सामा थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाको विभिन्न स्थानका गरी आइतबार थप १ सय ४२ जनामा संक्रमण देखिएको हो।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा चिकित्सक, पत्रकार, थुनुवा, उधोगका मजदुर लगायतमा संक्रमण पुष्टि भएको हो।

संक्रमण देखिनेमा वीरगञ्जको नारायणी एफएममा कार्यरत पाँच जना पत्रकार र कर्मचारी, नेशनल मेडिकल कलेजका तीन, भवानी अस्पतालका एक र तराई अस्पतालका एकसहित पाँच चिकित्सक, हिमाल आइरन प्रालीका ३ र नेपाल फर्म्यासटियुकल प्रालिका ९ जना मजदुरहरु रहेका छन्।

यस्तै पर्साको पर्सागढी नगरपालिकाका ४, बिन्दवासिनी गाउँपालिकाका ९ जनामा कोरोना देखिएको छ।
 

प्रतिक्रिया दिनुहोस