काठमाडौं । नेपालमा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।
मृतकहरु सुनसरीकी ६ वर्षीया बालिका, सुनसरीकै ६७ पुरुष, पर्साका ६१–५८–४८ वर्षीय तीन पुरुष, बाराका ५८ वर्षीय पुरुष, सिरहाका ६८ वर्षीय पुरुष, मकवानपुरका ५६ पुरुष र भक्तपुरका ७३ वर्षीय पुरुष रहेका छन् ।
यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १४६ पुगेको छ । यस्तै आज थप ६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १३६ जना निको भएर घर फर्किएका छन् । यस्तै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ । जसमध्ये १८ हजार ३५० जना निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ भदौ २०७७, १६ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै