काठमाडौं । नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र १० जना पुरुष छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।
मृतकहरु मोरङ, पर्सा, बारा, सप्तरी, सार्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानका रहेका छन् ।
यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १३७ पुगेको छ । यस्तै आज थप ८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने २५० जना निको भएर घर फर्किएका छन् । यस्तै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । जसमध्ये १८ हजार २१४ जना निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ भदौ २०७७, १६ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै