चितवनका सबै स्थानीय तहमा थप ७ दिन निषेधाज्ञा

सफल खबर संवाददाता

शुक्रबार, ०५ भदौ २०७७, १५ : ०७
चितवनका सबै स्थानीय तहमा थप ७ दिन निषेधाज्ञा

चितवन । चितवन जिल्लाका सबै स्थानीयत तहमा निषेधाज्ञा लम्ब्याइएको छ ।
 
यसअघि जिल्लाका ६ वटा स्थानीय तहमा निषेधाज्ञा लागू गरिएको थियो । यसपटक भने माडी नगरपालिकामा समेत निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

निषेधाज्ञा एक साता थप गरी भदौ १२ गतेसम्मका लागि जारी राखिएको छ ।

चितवनमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गइरहेकोले निषेधाज्ञाको अवधि थप गर्नुपरेको हो ।

प्रतिक्रिया दिनुहोस