पाटन अस्पतालमा दुईजना कोरोना संक्रमितको निधन

सफल खबर संवाददाता

शुक्रबार, ०५ भदौ २०७७, ११ : ०४
पाटन अस्पतालमा दुईजना कोरोना संक्रमितको निधन

काठमाडौँ । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत दुई जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा  सर्लाही जिल्लाका एक पुरुष र दोलखा जिल्लाकी एक महिला रहेका छन् ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ललितपुरका अनुसार गत भदौ २ गतेदेखि उपचाररत दोलखाकी ३० वर्षीया महिलाको मृत्यु भएको हो ।

त्यस्तै साउन ३१ गतेदेखि अस्पतालमा उपचाररत सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको शुक्रबार निधन भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस