काठमाडौंमा कार्यरत चितवन घर आएर फर्किएका एकजनालाई कोरोना संक्रमण

सफल खबर संवाददाता

शुक्रबार, ०५ भदौ २०७७, १० : ४०
काठमाडौंमा कार्यरत चितवन घर आएर फर्किएका एकजनालाई कोरोना संक्रमण

चितवन । काठमाडौंमा नगर प्रहरीका कार्यरत चितवन घर भएका १ प्रहरीलाई कोरोना संक्रमण भएको छ । पुर्बी चितवनको कालिका नगरपालिका(६, क्लबचोक घर भएका संक्रमण पुष्टी भएको हो ।

नगर प्रहरी कार्यालय भृकुटीमण्डप, काठमाडौंमा कार्यरत ३० वर्षिय प्रहरी रेशमराज भट्टलाई कोरोना संक्रमण देखिएको हो ।

गत साउन २९ गते घर आएका उनी अस्ति भदौ ३ गते बुधबार कार्यालय पुगेका थिए । ४ दिनको बिदामा आएका उनको कार्यालयमा हाजिर हुनु भन्दा अगाडि कोरोना परिक्षण गर्ने क्रममा हिजो बिहीबार कोरोना संक्रमण पुष्टी भएको हो ।  

उनले टेकु प्रयोगशालामा आफ्नो स्वाब परिक्षण गराउदा रिपोर्ट पोजेटिभ आएको जनाएका छन् ।  हाल उनी बिरेन्द्र प्रहरी हस्पिटल महाराजगन्जको आइसोलेसनमा रहेका छन । 

प्रतिक्रिया दिनुहोस