बुटवल । बुटवलको कारोना अस्पतालमा उपचाररत एकजना संक्रमितको निधन भएको छ । प्युठान घर भएका एक पुरुषको आज (शुक्रबार) बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
भदौ १ गते बुटवलको कोरोना विशेष अस्पतालमा भर्ना भएर उपचार गराइरहेका प्युठान स्वर्गद्वारी नगरपालिका ७ का ६४ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो । अस्पतालका अनुसार संक्रमित पुरुष उच्च रक्तचाप र मधुमेहका रोगी थिए। शुक्रबार बिहान एक्कासी रक्तचाप अस्वभाविक रुपमा बढेपछि उनको थप उपचार गर्ने क्रममा मृत्यु भएको चिकित्सकले बताएका छन् ।
संक्रमण पुष्टि भएपछि उनमा खोकी लाग्ने ज्वरो आउने र स्वासप्रस्वासमा समेत समस्या देखिएपछि बुटवल लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ भदौ २०७७, ०९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा 'केपी' भेरियन्ट पुष्टि
सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम बढ्दै